धनगढी उपमहानगरद्वारा विद्यार्थीका लागि एकीकृत भान्साघर सञ्चालन
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ । स्वस्थ शरीर र तेज दिमागका लागि पोषणयुक्त आहार अत्यन्त आवश्यक हुने भएकाले विद्यार्थीलाई गुणस्तरीय दिवा खाजा उपलब्ध गराउने उद्देश्यले भान्साघर सञ्चालनमा ल्याइएको हो । धनगढी उपमहानगरपालिका–७ का अध्यक्ष मोती राना थारूले शनिबार आयोजित समारोहमा भान्साघरको उद्घाटन गरेका हुन् ।
