धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते
जनकपुर– धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स आपसमा ठोक्किएर दुर्घटना भएको छ । भुजेल सवार प्रदेश २–०२–००१झ००८२ नम्बरको गाडी र बिरामी बोकेको ना।२च २३२ नम्बरको एम्बुलेन्स शनिबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तगर्गत मिथिला नगरपालिका–९ बडहरीमा आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
