दाङमा वडा सदस्यद्वारा शिक्षा अधिकृतमाथि दुर्व्यवहार, टाउकोमा मोबिल खन्याए
दाङ- दाङमा एक जनप्रतिनिधिले सरकारी कर्मचारीको शरीरमा मोबिल खन्याएर दुव्र्यवहार गरेका छन् । घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) उपमहानगरको शिक्षा महाशाखामा कार्यरत अधिकृत अजय बोहोराको शरीरमा मोबिल खन्याएका हुन् । सामाजिक सञ्जालभर भाइरल भएको भिडियोमा सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हिंडिरहेका बोहरालाई रोकेर बुढाथोकीले टाउकोबाट मोबिल खन्याइदिएको देखिन्छ ।
