गृहमन्त्रीको निर्देशनमा राष्ट्रपतिदेखि प्रदेशमन्त्री सम्मको पिएसओ तानिँदै
काठमाण्डु– गृह मन्त्रालयले संघीय सरकारका मन्त्रीबाहेकका सबैको व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) तत्काल परिवर्तन गर्न निर्देशन दिएको छ । गृहमन्त्री सुधन गुरुङले हालका पिएसओहरुलाई तत्काल फिर्ता बोलाएर नयाँ पठाउन प्रहरी मुख्यालयलाई निर्देशन दिएका हुन् । व्यक्तिगत चिनाजानी र सम्बन्धका आधारमा पदाधिकारी आफैंले छानेर लिएकाले पिएसओहरु फर्काउन लागिएको गृहका एक अधिकारीले जानकारी दिए ।
