SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्यो (तस्बिरहरू)

काठमाण्डु – काठमाण्डुको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटमा रहेको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टरमा बाढी पसेको छ । गएराति बागमती नदीमा पानीको बहाव बढ्दा होल्डिङ सेन्टरमा बाढी पसेको हो । बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूलाई मध्यरातमा उद्धार गरिएको छ। बाढीबाट जोगाउने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरूलाई यस सेन्टरमा सारेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी