उर्जा क्षेत्रमा आइपरेका समस्या, चुनौतीलाई सरकारले गम्भीरतापूर्वक लिएको छ : प्रधानमन्त्री शाह
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवद्र्धनमा पनि उर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताए।
