मुगुका सांसद् शाही भन्छन्ः गणेश नेपालीको घटनामा सरकारले नाटक गर्यो
काठमाण्डु– मुगुका सांसद् खड्गबहादुर शाहीले आफ्नो गृहजिल्लाका गणेश नेपालीको आत्महदाह प्रकरणमा सरकारले ‘नाटक’ गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले बिहीबार राति नै मृत्यु भए पनि सरकारले ‘नाटक’ गरेर मृत घषणा नगरेको बताए । राति नै आफूलाई चिकित्सकले ९५ प्रतिशत बाँच्ने सम्भावना नरेहको बताएको उनले उल्लेख गरे ।
