गणेश नेपालीको निधनपछि रास्वपा सांसद कार्कीको टिप्पणी-सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ
काठमाण्डु – आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको निधन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले नियमभन्दा मानवीय जीवन र संवेदनशीलता ठूलो भएको बताएका छन्। विद्यमान नियम–कानुनको पालना र नागरिकको भोगाइबारे सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले सरकार वा पार्टीको बचाउ गर्ने नाममा मानवीय मूल्यलाई अवमूल्यन नगर्न आग्रह गरेका हुन्।
