संविधान संशोधन गर्दा गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावरमा राख्न सुझाव
काठमाण्डु– गाईको सट्टा एक सिंगे गैंडालाई राष्ट्रिय जनावरमा राख्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार अशिम साह नेतृत्वको संविधान संशोधन कार्यदललाई आदिवासी जनजाति आयोगले गाई हटाएर गैंडालाई राष्ट्रिय जनावरमा सूचीकृत गर्न सुझाव दिएको हो । आयोगले सरकारलाई दिएको २५ बुँदे सुझावमा राष्ट्रिय जनावर परिवर्तन गर्न भनिएको छ ।
