इरानका पूर्वसर्वोच्च नेता खामेनीको पार्थिव शरीर समाधिस्थ
काठमाण्डु – ६ दिनको अन्तिम संस्कारका विभिन्न कार्यक्रमसहित इरानले दिवंगत सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेइको पार्थिव शरीर समाधिस्थ गरेको छ। मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा उनको पार्थि शरीर दफन गरिएको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेकै दिन फेब्रुअरी २८ मा खामेनेइ मारिएका थिए।
