सम्पत्ति शुद्धिकरण रोकथामको कार्यान्वयनबारे सरकारको समीक्षा
काठमाण्डु– सरकारले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) नियन्त्रणका लागि नीतिगत तथा कार्यान्वयन पक्षको समीक्षा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको बैठकमा सम्पत्ति शुद्धिकरण नियन्त्रणसम्बन्धी नीति, कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो।
