पुँजी बजारलाई सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउने बोर्डको प्रतिबद्धता
काठमाण्डु – नेपाल धितोपत्र बोर्डले स्थापनाको ३४औँ वर्ष प्रवेशको अवसरमा पुँजी बजारलाई सुरक्षित, विश्वसनीय, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष उत्तरकुमार खत्रीद्वारा जारी प्रतिबद्धता पत्रमा धितोपत्रसम्बन्धी ऐन, २०६३ ले दिएको अधिकारअनुसार बजारलाई भरपर्दो, विश्वसनीय र गतिशील बनाउन बोर्ड निरन्तर क्रियाशील रहेको उल्लेख गरिएको छ ।
