राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
काठमाण्डु– त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् ।विभागको ३ नम्बर गेटअगाडि बिहीबार दिउँसो एक पुरुषले शरीरमा आगो लगाएका हुन् । उनले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आगो लाग्दा उनी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको छ ।
