प्रधानमन्त्रीको अभिव्यक्तिमा मौन बसेकामा रास्वपामाथि खुश्बु ओलीको चेतावनीः इतिहासले तपाईंहरुलाई कठघरामा उभ्याउनेछ
काठमाण्डु– राप्रपा सांसद् खुश्बु ओलीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुको मौनताको इतिहासले मूल्यांकन गर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको राष्ट्रहितविपरीतको अभिव्यक्तिबारे आवाज उठाउन नसक्नु सत्ता पक्षका सांसदहरुको नालायकी भएको टिप्पणी गरिन् ।
