संवैधानिक नियुक्तिमा खुला प्रतिस्पर्धा आवश्यकः एमाले
नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा पदाधिकारी नियुक्ति प्रक्रिया खुला र प्रतिस्पर्धात्मक बनाउनुपर्ने बताएकी छन् । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको नियुक्तिका लागि संसदीय सुनुवाइसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै अर्यालले नियुक्ति प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्ने धारणा राखेकी हुन् ।
