चीनका लागि नेपालका पूर्वराजदूतहरूले भने-दलाइ लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञको सहभागिता आपत्तिजनक
काठमाण्डु – तिब्बतका निर्वासित नेता दलाई लामाको जन्मोत्सव कार्यक्रममा नेपालस्थित विदेशी कूटनीतिज्ञहरू सहभागी भएकोमा चीनका लागि नेपालका पूर्वराजदूतहरूले आपत्ति प्रकट गरेका छन् । सोमबार काठमाण्डुमा दलाइ लामाको १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको थियो । जन्मोत्सव कार्यक्रमामा विभिन्न देशका विदेशी नियोगका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
