इरानका सैन्य र पूर्वाधार क्षेत्रमा अमेरिकाले गर्यो श्रृंखलाबद्ध आक्रमण, थप कडा जवाफ दिने ट्रम्पको चेतावनी
काठमाण्डु – अस्थायी युद्धविराम र समझदारी पत्र भंग भएसँगै अमेरिकाले इरानका विभिन्न सहरहरूमा फेरि भीषण बमबारी गरेको छ। होर्मुज जलमार्गको किनारमा रहेका विभिन्न सहरमा भीषण विस्फोट गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सहमति सकिएको घोषणा गर्दै अमेरिकी सेनालाई इरानका विभिन्न रणनीतिक क्षेत्रमा शृङ्खलाबद्ध र ठुलो मात्रामा हवाई आक्रमण गर्ने अनुमति दिएका छन्।
