प्रधानमन्त्री शाह आज निर्माण व्यवसायीहरूसँग छलफल गर्दै
काठमाण्डु – उद्योगी तथा व्यवसायीहरूसँग सामूहिक छलफल गरेको प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले निर्माण व्यवसायीहरूसँग पनि संवाद गर्न लागेका छन् । प्रधानमन्त्री शाहले बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवाद गर्दैछन् । प्रधानमन्त्री भएपछि शाहले लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग पहिलोपटक बुधबार छलफल गरेका थिए ।
