मायादेवी साझेदारी वन उपभोक्ता समूहको वन क्षेत्रमा एक हजार विरुवा रोपण
कपिलवस्तु, ०८ भदौ । सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यका साथ लक्ष्मी सनराइज बैंक पकडी शाखाले कपिलवस्तु जिल्लाको पटना क्षेत्रमा एक हजार बहुउपयोगी विरुवा रोपण गरेको छ। मायादेवी साझेदारी वन उपभोक्ता समूहको खाली जग्गामा गरिएको उक्त वृक्षरोपण कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीय सरोकारवाला र उपभोक्ताको सक्रिय सहभागिता रहेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
