SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

राहदानी सेवा २ दिन बन्द हुने

काठमाण्डु – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले २ दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी