सिभिल अस्पतालका फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) को फार्मेसी अधिकृतसहित आज जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आयोगले जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
