नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा
काठमाडौं : फिफा विश्वकप २०२६ को तेस्रो क्वाटरफाइनल खेलमा नर्वेलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डले नर्वेलाई २-१ले पराजित गरेको हो। नियमित ९० मिनेटको समयमा नतिजा १-१ बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयको तेस्रो मिनेटमा इङ्ल्यान्डको लागि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्। इङ्ल्यान्डको जितमा दुवै गोल जुड बेलिङ्घमको नाममा रह्यो।
