नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा
काठमाडौं : नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब एघार वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो।
