SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

आज दसैंको पाँचौ दिन, स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौं : आज दसैंको पाँचौं दिन दसैंघरसहित पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहे अनुसार आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन लागिएको छ।