SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

भन्सार छली ल्याइएको मदिरा बरामद

काठमाडौं : नवलपरासी पश्चिमको भन्सार छली ल्याइएको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा आज बिहान बरामद गरिएको छ । प्रहरी कार्यालयका अनुसार सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट भन्सार छली ल्याइएको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा आज बिहान करिब ३:४५ बजे बरामद गरिएको हो ।भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा हरियो ठूलो झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा मदिरा फेला पारेको हो ।