कुटपिटबाट एक जनाको मृत्यु
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–२ पैटामा छिमेकीहरूबीच सामान्य विवादले उग्र रूप लिँदा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।बारीमा टाटी (घेराबार) लगाउने विषयमा भएको विवादमा परेका ५८ वर्षीय बलदेव साहको कुटपिटका कारण मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।प्रहरीका अनुसार बुधबार बिहान करिब ११:२० बजे बलदेव र स्थानीय ३० वर्षीय रविन साहबीच बारीमा टाटी लगाउने विषयलाई लिएर भनाभन भएको थियो।
