SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ १०:०० AM · 1 मिनेट पढाइ

दशैं नजिकिएसंगै बालाजु बसपार्कबाट उपत्यका छाड्नेहरूको भिड

काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसंगै काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ। आज (दशैंको पाँचौँ दिन) दशैं मनाउन गाउँ फर्किने यात्रुहरूको बिहानैदेखि गँगबुस्थित नयाँ बसपार्कमा भिडभाड छ।रोजगारी, अध्ययन तथा विभिन्न पेसा-व्यवसायका क्रममा उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू चाडपर्व नजिकिएसँगै आफ्नो गाउँ फर्किन थालेका हुन्।