जब रास्वपा सांसदकै र्याखर्याख्तीमा परे प्रस्तावित राजदूत
काठमाडौं : पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रियामा सहभागी भएका १३ मध्ये दुई जनाको नाम अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम होल्ड गरिएको छ। नेपालको संसदीय इतिहासमा सुनुवाइबाट पहिलोपटक राजदूतको नाम अस्वीकृत भएको हो।महिला हिंसाको विषयमा गम्भीर आरोप लागेका साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको।
