SHARE
अन्नपूर्ण · सोमबार १ भौ २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सोमबार युवा तथा श्रम रोजगार मन्त्रालयसँग भएको छलफलपछि संघले आफ्ना सम्पूर्ण दबाबमूलक कार्यक्रम फिर्ता लिएको हो।मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेले विज्ञप्ति जारी गर्दै सहमतिपछि वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना सम्पूर्ण दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन्।