भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण
एजेन्सी/लन्डन : केप भर्डे यस विश्वकपको प्रेरणादायी टोलीका रूपमा उदाउँदा त्यसका नायक बनेका थिए, ४० वर्षीय गोलरक्षक भोजिन्हा । भोजिन्हाले विश्वकप विजेता स्पेन, उरुग्वे र अर्जेन्टिनाजस्ता सशक्त टोलीसँग मात्रै होइन, साउदी अरेयिबासँग पनि सानदार प्रदर्शन गरेका थिए ।स्पेनसँगको खेलमा उत्कृष्ट ८ बचाउ गरेका उनले अर्जेन्टिनासँगको खेलमा पनि ७ बचाउ गरेका थिए । केप भर्डेको पोस्ट्मा पर्खाल जसरी उभिने उनलाई ‘दी वाल’का रुपमा धेरैले चर्चा गर्दै आएका छन् ।
