आत्मदाह र सुकुम्बासीको विपत् : न बोले रवि, न बालेन नै
काठमाडौं : नगर प्रहरीसँगको विवादपछि मुगुका गणेश नेपालीले बिहीबार आत्मदाह प्रयास गरे। नेपालीलाई वीर अस्पताल पुर्याइए पनि उपचार सम्भव भएन। शुक्रबार अस्पतालमा उपचारको क्रममा निधन भएको छ।गणेश नेपालीको आत्मदाहपछि काठमाडौंमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय व्यवसायी आश्विनकुमार राउतको मृत्यु भयो। उनको पनि वीर अस्पतालमा मृत्यु भएको छ। शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाए।
