ग्रोथ हर्मोनको कमीमाथि मेसीको त्यो विजय
ब्युनस आयर्स : विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये गनिने अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बाल्यकाल निकै चुनौतीले भरिएको थियो। सानै उमेरमा उनलाई ग्रोथ हर्मोन डेफिसियन्सी अर्थात् शरीरमा पर्याप्त मात्रामा वृद्धि हर्मोन उत्पादन नहुने रोग लागेको थियो। यो अवस्थाले बालबालिकाको शारीरिक वृद्धि सुस्त बनाउने भएकाले मेसीको उचाइ पनि उमेर अनुसार बढ्न सकेको थिएन। समयमै उपचार नपाएको भए उनको शारीरिक विकास र फुटबल करियर दुवै प्रभावित हुन्थ्यो।
