SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

पहिलो हाफमा स्विजरल्यान्डविरुद्ध अर्जेन्टिनाको अग्रता

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ‌। कान्सास सिटी स्टेडियममा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड विरुद्ध १-० को अग्रता बनाएको हो। खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो।