इरानमाथि अमेरिकाको अहिलेसम्मकै ठूलो तेस्रो चरणको आक्रमण
काठमाडौं : अमेरिका र इरानबिचको तनाव फेरि उत्कर्षमा पुगेको छ। इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेलगत्तै अमेरिकाले इरानमाथि नयाँ चरणको शक्तिशाली हवाई आक्रमण सुरु गरेको छ।अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, इरानी सेनाले साइप्रसको झण्डा अंकित एउटा व्यापारिक जहाजमाथि घातक आक्रमण गरेपछि अमेरिकाले यो हप्ताकै तेस्रो ठुलो हमला गरेको हो। उक्त इरानी आक्रमणमा जहाजको इन्जिन रुम पूर्ण रूपमा ध्वस्त भएको छ भने एक चालक दलका सदस्य बेपत्ता भएका छन्।
