अमेरिका-इरान युद्धविराम भंग : मध्यपूर्वमा फेरि सैन्य टकरावको खतरा
काठमाडौं : अमेरिका र इरानबीच भएको अस्थायी युद्धविराम सम्झौता पूर्ण रूपमा भङ्ग भएको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा देश शोकमा डुबेकै बेला दुई देशबीचको युद्धविराम अन्त्य भएको घोषणा गरिएको हो। यस घटनाले मध्यपूर्वमा पुनः भीषण सैन्य टकरावको खतरा बढाएको छ।गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र उनकी १४ महिनाकी नातिनी जारासहित परिवारका पाँच सदस्यको मृत्यु भएको थियो।
