SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

आधा घण्टासम्म सिंहको नियन्त्रणमा परेका कालुभाइले कसरी जोगाए ज्यान ?

भारत : भारत भावनगर जिल्लाको गराजिया गाउँमा जुलाई ६ को बिहान सिंहहरूको एक समूहले पशु चराउँदै आएका कालुभाइ परमारमाथि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।उनको शरीरमा गम्भीर चोट लागेकाले उपचारका लागि करिब ६० किलोमिटर टाढाको सर तख्तसिंहजी जनरल अस्पतालमा भर्ना गरिएको स्थानीयले जनाएका छन् । भावनगर जिल्लामा मानिसमाथि सिंहले आक्रमण गरेको यो दोस्रो घटना हो । यसअघि जुन १८ मा पालिताना तालुकासँग जोडिएको महुवा तालुकाको गढडा गाउँमा नागजीभाइ गुजरियाको शव घर नजिकैको झाडीमा फेला परेको थियो ।