SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

अर्थमन्त्री बोलेपछि रोकिएको संसद बैठक भोलि बस्ने गरी स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।बुधबार बसेको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लले राखेको नेपाल राष्ट्र बैंक तेश्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिलाई पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेका थिए ।