SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

विश्व बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतले बढ्यो

न्यूयोर्क : इरानसँगको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेपछि मूल्य उकालो लागेको हो।अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ डलर ८२ सेन्टले बढेर ७७ डलर ९८ सेन्ट पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ५.१५ प्रतिशतले बढी हो।