SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

हर्क साम्पाङको प्रश्न : मन्त्री–प्रधानमन्त्रीलाई गाली गरे थुनामा पठाइन्छ, सांसदलाई गाली गर्नेलाई के गर्ने ?

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका बिषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दै यस विषयमा रुलिङ गर्न माग गरेका हुन् ।उनले संसदको नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए त्यसले अराजकता निम्त्याउने धारणा राखे ।