SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सरकारले ओलीलाई पक्रिनु १०० दिनको उपलब्धी ठान्यो : पद्मा अर्याल

काठमाडौं : नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन् । उनले सरकारले सय दिनको उपलब्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्रिनुलाई ठानेको समेत बताएकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता संकटमा परेको समेत आरोप लगाइन् ।