SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ३० अंकले घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं : बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो दिन मंगलबार २४.५७ अंकले बढेको नेप्से परिसूचक यसदिन ३०.०९ अंकले घटेर बन्द भएको हो। नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ४ अर्ब ४० करोड बराबरको कारोबार भएको थियो।यसदिन ३६२ वटा स्क्रिप्सको  ८४ लाख ६३ हजार १५ कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएकामध्ये २५ वटा स्क्रिप्सको मूल्य बढ्दा २४७ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने यस दिन घट्यो।