SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

अमेरिका-इरान युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्। दुई देशबीच हालै भएका शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका-इरान युद्धविराम 'अन्त्य भएको' औपचारिक घोषणा गरेका हुन् ।नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प इरानी नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए। उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा इरानसँग अब कुनै पनि संवादको औचित्य नरहेको दाबी गरे ।