डिजिटल सेवा प्रभावकारी बनाउन सांसद सुशील खड्काको माग
काठमाण्डु- प्रतिनिधिसभा सदस्य सुशील खड्काले सरकारी डिजिटल सेवा प्रभावकारी बनाउन एकीकृत प्रणाली विकास गरी नागरिकले घरमै बसेर छोटो समयमै सेवा पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारले डिजिटल सेवा प्रवाहका लागि थालेका प्रयास सकारात्मक भए पनि व्यवहारमा नागरिकले अझै ढिलासुस्ती, झन्झट र अनावश्यक सास्ती भोग्नुपरेको बताए।
