कोशी अस्पतालमा पाँचथर कारागारका बन्दीको मृत्यु
विराटनगर : विराटनगरको कोशी अस्पतालमा उपचाररत पाँचथर कारागारका बन्दी सन्देश राईको बुधबार बिहान मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय राई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।जिल्ला अदालत पाँचथरले २०८२ मंसिर ७ गते उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसपछि जिल्ला कारागार पाँचथरमा रहेका उनी बिरामी परेपछि जिल्ला अस्पताल फिदिममा उपचार गराइएको थियो ।
