एडीबी अध्यक्ष कान्दा नेपालमा
काठमाण्डु – एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा काठमाण्डु आइपुगेका छन्। तीन दिने भ्रमणका लागि कान्दा उच्चस्तरीय टोलीको नेतृत्व गर्दै आइतबार राति काठमाण्डु आइपुगेका हो। नेपाल भ्रमणका क्रममा कान्दा नेतृत्वको टोलीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन्।
