आईजीपी कार्की प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन न्यूयोर्क प्रस्थान
काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ र २४ गते आयोजना हुने पाँचौँ संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईतबार प्रस्थान गरेका छन् । सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल पनि प्रहरी महानिरीक्षक कार्कीसँगै न्यूयोर्क प्रस्थान गरेका छन् ।
