स्वर्ण बिन्दु प्राशन’ अभियान बाणगंगामा प्रभावकारी बन्दै
बाणगंगा । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘स्वर्ण बिन्दु प्राशन’ अभियान कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रभावकारी बन्दै गएको छ ।नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा सोमबार आयुर्वेद शाखा कार्यालय जलेश्वर धाममा पाँच वर्षमुनिका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइएको हो । बिहानैदेखि सुरु गरिएको अभियानमा ९८३ बालबालिकाले स्वर्ण बिन्दु प्राशन गरेका छन् ।
