लुम्बिनी प्रदेशले प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखेको छ मुख्यमन्त्री आचार्य
रूपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आइतबार शुद्धोदन गाउँपालिका–१, मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्राङ्गारिक मलले पूर्ति गर्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे ।
