रूखबाट खसेर बालिकाको मृत्यु
बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा शनिबार रूखबाट खसेर १ बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
