SHARE
काठमाण्डुपाटी · शनिबार १३ असार २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

काठमाण्डु – उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । यो जितपछि स्पेन समूह एचमा ७ अंक जोडेर समूह विजेता बनेको छ । स्पेनका लागि एलेक्स बाएनाले मात्र एक गोल गरे । दुई पूर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समूह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी